काठमाडौं । ४ महिनादेखि बन्द होटलहरु आजबाट खुलेका छन् । लकडाउनका कारण
बन्द होटलहरु सरकारले श्रावण १५ बाट खोल्न पाउने निर्णय गरेपछी आजबाट देशभरका होटलहरु खुलेका हुन् ।आजबाट खुले होटल संघ नेपाल हानले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गरी होटलहरु सञ्चालनमा ल्याउन लागिएको हानले जनाएको छ । कोरोनाको महामारी अझै समाप्त नभइसकेको र हवाई उडानहरुपनि सञ्चालनमा नआईसकेकाले आन्तरिक पर्यटकहरुलाई लक्षित गनुको विकल्प नभएको होटेल व्यवसायीहरुले बताएका छन् ।