ताप्लेजुङमा करेण्ट लागेर ट्याक्सी चालकको मृत्यु, एक घाइते

0
61

ताप्लेजुङ,साउन ११ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–२ स्थित बहानन्दे–दोभान सडकखण्डमा करेण्ट लागेर एक जनाको ज्यान गएको छ भने एक जान घाइते भएका छन् । पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका २७ वर्षिय ट्याक्सी चालकको विकास सुनुवारको घटनास्थलमै मृत्यु भएको हो । सडकमा रोकिराखेको ट्रकमा छुँदा उनलाई करेण्ट लागेको थियो । करेण्ट लागेर ट्रक चालक पाँचथर हिलिहाङका ३५ वर्षिय अमृत श्रेष्ठ घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
दोभान बजारबाट बिर्तामोडतर्फ जाँदै गरेको ट्रकले विद्युत्को नाङ्गो तारले छोएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । ‘छुनासाथ ट्रक चालक घाइते भएको बताइएको छ । घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरी खटिएको श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here