देशभरका नदीमा बाढीको खतरा, तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अपील

0
57

साउन ६ । देशभर लगातार परेको पानीका कारण देशभरका विभिन्न स्थान बाढी, पहिरो र डुबानको चपेटमा परेका छन् । पहाडी भेमा पहिरो जाँदा खोला नदीहरुमा बाढी आएको छ । पहाडबाट खोलाहरुमा बाढी आउँदा तल्लो तटीइ क्षेत्र तराईका अधिकांश भूभा डुबानको चपेटमा परेको छ । मनसून शुरु भएको एक महिनाको समयमै एक सयभन्दा बढी मानिसको मृत्यु भैसकेको छ भने अर्बौअर्बको धनमाल स्वाहा भएको छ । अझै तीन दिन सम्म लगातार पानी पर्ने अनुमान मौसम विभागको छ । नेपाल बाढी सूचना केन्द्रले अविरल वर्षाका कारण नेपालका मुख्य र तिनका सहायक नदीमा बहाव खतराको सूचकमाथि जाने भएकाले सतर्क हुन भनेको छ । नदी र नालाको पानी सडक र बस्ती सम्म आउनसक्ने भन्दै उसले बेलुकासम्मै उच्च सतर्क रहन आग्रह गरेको छ ।
केन्द्रले एक सूचना जारी गरी नेपालका सबै ठूला नदीमा बाढीको खतरा औल्याएको छ । नारायणी र सोका सहायक नदीमा बहाव खतराको संकेतभन्दा माथि हुने जनाएको छ । उसले नवलपरासीको सुस्तामा डुवानको जोखिम हुने जानकारी दिएको छ । यसैगरी कोशी नदीको बहाव पनि खतराको संकेत नजिक हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here