तामोर नदिले ओलाङचुङगोलामा दुईवटा पुल बगायो

0
64

ताप्लेजुङ,साउन ६ गते । केहि दिन देखिको वर्षका कारण आएको बढिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा दुईवटा पुल तमोर नदीले बगाएको छ । सोमबार दिउँसो देखि आएको बढिले हिमाली गाउँ ओलाङचुङगोला देखि दाङ्जेन गोलापरी जाने पक्की पुल साथै गोला देखि पापुङ जाने काठेपुल बगाएको वडा नं ७ ओलाङगोलाका वडाध्यक्ष छेतेन वालुङले जानकारी दिनुभयो । उक्त पक्की पुल गत वर्ष मात्रै १२ लाख रुपैयाँमा बनाइएको थियो । मिक्वाखोला–५ पापुङ जाने काठको पुल भने दुई वर्षअघि २ लाख रुपैयाँमा बनाइएको बताइएको छ । बाढीले चिनियाँ ठेकेदारले ओलाङचुङगोलामा छाडेको एउटा गाडी पनि बगाएको वडा नं ७ का कर्मचारी तेन्जिङ बालुङले जानकारी दिनुभयो ।

टिप्ताला भन्ज्याङदेखि सदरमुकाम फुङलिङसम्म सडक निर्माणका क्रममा चिनियाँ ठेकेदारले गाडीमा एक्स्काभेटर लगायत सामग्री ल्याएका थिए ।
तामोरको सिरमा रहेको कुनै पोखरी फुटेर बाढी आएको अनुमान गरिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । तमोर नदीको कटानमा रहेको गोला गाउँ पानीको बहाव बढेपनि अहिले सम्म सुरक्षित रहेको वडाध्यक्ष वालुङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here