फ्ुङलिङका आगलागी पीडितलाई साढे आठ लाख बढिको राहत वितरण

0
62

ताप्लेजुङ,असार २८ गते । ताप्लेजुङ सदरमुकाम फ्ुङलिङको ट्रयाक्सी काउण्टर आसपासमा गत बैशाकमा भएको आगलागी पीडितलाई प्रदेश सरकारले साढे आठ लाख बढिको राहत वितरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ ले जिल्ला प्रशासन कार्यालय मार्फत शनिवार ८ लाख ६० हजार राहत वितरण गरेको हो । आगलागीबाट पूर्णक्षति भएको ७ घरलाई प्रतिघर ५० हजार र आंसिक क्षति भएका १७ परिवारलाई ३० हजारको दरले राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । गत बैशाक १९ गते भएको आगलागिमा चन्द्रमाया लिम्बु,खेमराज केसी,नेत्रप्रसाद कार्की,नारायण प्रसाद भट्टराई,राम शाहा,ठक बहादुर कार्की र विष्णु केसीको घर पूर्ण रुपमा जलेर नष्ठ भएको थियो भने सो घरमा रहेका १७ परिवाको ब्यापार ब्यवसाय समेत जलेर नष्ठ भएको थियो । राहत वितरणका लागि प्रदेश संसदहरु बलबहादुर साम्सोहाङ,टंक आङबुहाङ,होमकुमारी सांवा साथै जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला,फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिले सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here