अझै केही दिन लगातार बर्षा हुने, सतर्क रहन मौसम विभाग आग्रह

0
116

असार २९ गते । देशभर अझै केही दिन लगातार वर्षाको संभावना रहेकोले सतर्क रहन आव्हान गरेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने तथा डुबान हुने भन्दै सतर्क रहन आग्रह गरेको हो । वर्षाका कारण सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुने भन्दै आवश्यक सतर्कता अपनाउन विभागले सबैसमक्ष आग्रह गरेको छ । प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा तुलनात्मक रुपमा बढी वर्षाको सम्भावना रहेकोे छ मौसमविद्हरुका अनुसार निरन्तरको वर्षाले माटो गलिसकको हुँदा अब ठूलो वर्षा नभएपनि पहिरोको खतरा बढेको छ । आज देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here