बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोक्यो

0
41

असार २१ गते । बेलायत सरकारले पहिलो पटक गोर्खा भर्ती रोकेको छ । बेलायत सेनाले शनिबार विज्ञप्ति प्रकाशित गर्दै गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएको छ । बेलायतले प्रदेश नम्बर १ को धरान र गण्डकी प्रदेशको पोखराबाट गोर्खा भर्ती लिंदै आएको थियो । बेलायत सेनाका बिग्रेड अफ गोर्खाका प्रमुख कर्नेल रिचर्ड गुडम्यानले शनिबार विज्ञप्ति प्रकाशित गरी कोरोनाकै कारण बर्सेनि गरिंदै आएको गोर्खा भर्ती स्थगित गर्नुपरेको जनाएका छन् । बेलायती सेनाले गोर्खा भर्तीका लागि २१ मेदेखि १० जुनलाई पोखरा र २३ मे देखि १० जुनसम्म नयाँ नाम दर्ताका लागि मिति तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here