आज पनि प्रदेश १ को एक दुइ स्थानमा भारी वर्ष हुने सम्भावना

0
73

असार २१ गते । आइतबार पनि प्रदेश १ लयागत विभिन्न प्रदेशमा भारी वर्ष हुने पूर्वानुमान जारी गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ भने भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको हुनसक्ने पूर्वानुमान गरेको छ । यसैगरी, महाशाखाले आइतबार राति देशभर साधारणतया बदली रही केहि स्थानहरुमा स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाएको छ । महाशाखाले आइतबार दिउँसो देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here