मान्छेको जीउमा ६० हजार माहुरीको गोलो

0
58

भारतको केरलाका एकजना युवकले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका छन् । नेचर एमएस नामका ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए । जीउमा माहुरीको गोलो बसालेको पहिलो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सुरुमा मेरो हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि ठूलो संख्यामा कर्मी माहुरीहरु मेरो हातमा झुम्मिए । अर्को दिन मैले मेरो टाउकोमा रानी माहुरी राखेर सोही प्रयोग गरेँ । केही क्षणमै हजारौँ माहुरीहरु आएर मेर टाउकोतथा अनुहारमा बसेर र ढपक्कै ढाके । ६० हजार माहुरीलाई आफ्नो टाउको र जीउमा बसालेर कीर्तिमान कायम गरेका एमएसका अनुसार माहुरीले सामान्य अवस्थामा मानिसलाई चिल्दैन । यदि मानिसलाई माहुरीले चिल्यो भने त्यो मान्छेकै कुनै गल्तीका कारण हुन्छ ।आफूले माहुरी पालनका साथै माहुरीको महत्वका बारेमा जनचेतना जगाउनका लागि जीउमा माहुरी बसालेर विश्व कीर्तिमान कायम गर्ने प्रयास गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here