प्राचिन मुक्कुमलुङ नामलाई नामेट गर्न खोजेको भन्दै संघर्ष समिति गठन

3
650

पाथीभरा पोष्ट,असार १८ गते । ताप्लेजुङमा अवस्थित याक्थुङ लिम्बुहरुको पवित्र स्थल मुक्कुमलुङलाई नामेट गरी पाथीभरा नाम राखेको भन्दै संयुक्त मुक्कुम्लुङ संघर्ष समिति गठन भएको छ । किरात याक्थुङचुम्लुङ जिल्ला कार्यसमितिको अध्यक्षता र मुक्कुमलुङ संरक्षण समितिको सहजिकरणमा जिल्लाका विभिन्न ३४ थरगत सयङ साथै लिम्बुजन्य संघसंस्थाको बुधबार बसेको वृहत भेलाले याक्थुङ लिम्बुहरुको आस्थाको केन्द्र मुक्कुमलुङ नामलाई कथित रुपमा पाथीभरा नाम राखी लिम्बुहरुको आस्था,सस्कृति,पहिचान र अस्तित्व नै नामेट गर्ने खोजेको भन्दै श्री लिङखिमको संयोजमा १ सय १ सदसिय संघर्ष समिति गठन गरेको हो । संघर्ष समितिको सहसंयोजकहरुमा नविन फुरुम्बो,अमृत सेम्बु ,सुमान काङभा र दिपक ताप्मादे र सदस्य सचिवमा रविन पतंवा चयन भएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका सचिव इन्दिरा मेन्याङबोले जानकारी दिनुभयो ।

प्रयाप्त प्रमाण सत्य र तथ्य हुदाहुदै पनि विभिन्न वहानमा मुक्कुमलुङलाई बिस्थापति गरी एक भाषा,सस्कृती र धर्मलाई मात्र लादन खोजेकोले संघर्ष समिति नै गठन गर्नु परेको लिम्बुवानी आन्दोलन सकृय सरस्वता सिङघक बताउनुहुन्छ । मुक्कुमलुङको प्राचिन नामलाई पुन स्थापित गर्न जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताइएको छ । केहि दिन अघिमात्र पाथीभराको गुरुयोजन बनाउनका लागि पुरात्व विभागका प्रतिनिधिले पाथीभराको सर्वे गरेका थिए ।

3 COMMENTS

  1. धन्यवाद पाथीभरा पोस्टका सम्पुर्ण टिमलाइ।
    मेरो नाम #सरिता होइन सरस्वता सिङ्गक हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here