पाथीभराको नाम सच्याउन माग गदै मानव अधिकार आयोगमा उजुरी

0
331

असार १८ गते । याक्थुङ लिम्बुहरुको पवित्रस्थल मानिने ताप्लेजुङको मुकुमलुङलाई पाथिभरा नाम दिइएको भन्दै राष्ट्रिय मानवअधिकार आयोग, विराटनगरमा उजुरी परेको छ । लिम्बूहरूको थरगत संस्थाहरूको तर्फबाट सहजीकरण समितिको संयोजक नन्द कन्दङ्वा र नेपाल आदिवासीहरूको मानव अधिकारसम्बन्धि वकिल समूह लाहुर्निपका तर्फबाट अधिवक्ता अमृता थेबेले उजुरी गरेका हुन् । यसका पीडित समुदाय आदिवासी याक्थुङ लिम्बू हुन् ।
के छ मुकुमलुङमाथिको उजुरीपत्रमा
ताप्लेजुङ जिल्लाअन्तर्गत फुङलिङ नगरपालिका वडा नं। १० र ११, फावाखोला गाउँपालिकाको वडा नं। ४, सिरिजंगा गाउँपालिकाको वडा नं। ३ र साविकका गाउँ विकास समितिहरू फुङ्लिङ –६, फाकुम्बा १ र ९, लिङ्खिम –१, तिरिङ्गे –१, हाङ्देवा –१, फावाखोला –१, तापेथोकलगायतका क्षेत्रहरू आदिवासी याक्थुङ लिम्बूका अस्तित्वसँग जोडिएकोले यसको नाम हिन्दुकरण गरिनु मानव अधिकारको उल्लघंनको विषय रहेको उजुरीमा उल्लेख छ । याक्थुङ समुदाय आफ्ना समुदायभन्दा बाहिरका मानिसहरूलाई समुदायको सदस्य बनाएर शान्तिसाथ बस्न रुचाउने जाति हुन् । आफ्नो समुदायमा ल्याइँदा चोक्फुङ गरिन्छ । चोक्फुङको अर्थ मुन्धुमअनुसार टेक्ने ठाउँ, बाँच्ने साहारा नभएका समुदायभन्दा बाहिरका मानिसलाई सदस्यता दिने कार्य हो । शान्तिसाथ बस्ने समुदायमा अशान्तिको बिउ रोप्ने कार्य अशोभनीय भएको भन्दै त्यहाँका आदिवासीहरू पहिलेदेखि नै आन्दोलित छन् ।
याक्थुङ लगायत आदिवासी समुदायले शान्तिपूर्ण रूपमा नाम सच्याउन सरकारलाई पटक–पटक आग्रह गर्दै आएकोमा वेवास्था गर्दै पाथीभरा विकास समितिका नाम लिएर सर्भे गर्न पुगेको र पूर्व सूचनाबिना, सम्बन्धित थातथलोका याक्थुङ समुदायलाई जानकारी नदिई आफ्ना सांस्कृतिक क्षेत्रहरूमा हस्तक्षेप गर्ने उद्देश्यसाथ आएका मानिसहरूलाई प्रश्न गर्दा ढाँटछल गर्ने, समुदाय विभाजन गर्ने, एकतर्फीरूपमा ताप्लेजुङ बजारमा बैठक गर्ने गरेको र समुदायले लिखित विरोध जनाए पनि कुनै सुनुवाई नभएको उजुरीमा उल्लेख छ ।

पाथीभरामाथि भगवतीको मूर्ति र त्यसले छरेको भ्रम
ताप्लेजुङको मुकुमलुङमा भगवतीको मूर्ति राखिएको छ । अनलाइनमा पाथीभरा गुगल गर्नेवित्तिकै भगवतीको मूर्ति देखा पर्छ । जसले गर्दा मुकुमलुङको मूर्ति नै भगवती हो भन्ने भ्रम संसारभर पुगिसकेको छ । यससँग सम्बन्धित संघसंस्थाले कुनै सहयोग रसिद या पोष्टर पम्प्लेट बनाउनपर्दा भगवतीको मूर्ति नै टाँसेर प्रचार गरिरहेका हुन्छन् ।
कस्तो उपचार हुनुपर्ने रु
मुकुमलुङ परिवर्तन गरिएको नाम पाथीभरा क्षेत्र र त्यसले सृजित मानव अधिकार उल्लंघन रोक्न मुकुमलुङ नाम कायम गर्न, पाथीभरा विकास संरक्षण क्षेत्र गठन २०५३ खारेज गरी स्थानीय समुदायको सामुहिकतामा मुकुमलुङ विकास क्षेत्र गठनको आदेशलगायतका उपचारको माग उजुरीमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here