नेपालमा कोरोना संक्रमित बालबालिकाको संख्या २ हजार ६१

0
76

असार १८ गते । नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले बताए । हालै मात्रै सुदूरपश्चिम प्रदेशमा मात्रै १ सय ७५ जना बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुको उमेर ९ वर्षभन्दा कम रहेको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका सबै बालबालिकाहरु आफ्ना आमाबुवासँगै भारतबाट फर्किएको प्रवक्ता गौतमले जानकारी दिए । कोरोना संक्रमणबाट मुलुकका केही स्थानहरुमा बालबालिकाहरुको समेत मृत्यु भएकाले उनीहरुलाई संक्रमणबाट जोगाउनका लागि आमाबुवा र अभिभावकको मुख्य जिम्मेवारी हुने गौतमले बताए । बालबालिकाहरुलाई कोरोना संक्रमण हुन नदिन उनीहरलाई सकेसम्म घरमै राख्‍ने र भीडभाडमा जान नदिन प्रवक्ता गौतमले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here