ताप्लेजुङमा एक जनामा कोरोना संक्रमण

0
531

ताप्लेजुङ,असार १७ गते ।ताप्लेजुङमा साउदी अरबबाट जिल्ला फर्किएका एक जनामा कोरोना संक्रमण देखिएको छ । अहिले सम्म कोरोना संक्रमण नदेखिएको जिल्लामा पहिलो पटक एक जना २३ वर्षिय युवामा कोरोना संक्रमण देखिएको हो । साउदीबाट फर्किएका सिरिजङ्घा गाउँपालिकाका युवामा पीसीआर पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख राजकुमार पोख्रेलले जानकारी दिनुभयो । युवामा ज्वरो सहितका समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमको फिबर कक्षमा भर्ना भएका थिए । विदेशबाट फर्किएका युवा भानुजन मावि फुङलिङको करेन्टिनमा राखिएको थियो । सोमबार बिभिन्न देशबाट फर्किएर करेीन्टनमा बसेका सहित २० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको थियो । पीसीआर रिर्पोट पोजेटिभ आएका व्यक्तिलाई उपचारका मोरङको गोठगाउँस्थित केन्द्रमा पठाउने तयारी भइरहेको छ । यसअघि भारतबाट फर्किएर झापाको बुद्धशान्ति र सुनसरीको भोक्राहास्थित क्वारेन्टिनमा रहेका बेला गरिएको परीक्षणमा ताप्लेजुङमा ४ जना कोरोना संक्रमित फेला परे थियो । तर ताप्लेजुङमै पीसीआर परीक्षण रिर्पोट पोजेटिभ आएको भने यो पहिलो पटक हो । जिल्लामा कोरोना संक्रमित फेला परेपछि स्थानिय त्रसित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here