साहित्यकार शर्मालाई प्रादेशिक प्रतिभा पुरस्कार

0
69

 साहित्यकार तर्कना शर्मा प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ ।

संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भाषा साहित्य विधा तर्फ गण्डकी प्रदेशबाट शर्मालाई सम्मान गर्न लागेको हो ।

भाषा साहित्यको माध्यमबाट नेपाली साहित्य जगतमा महत्वपूर्ण योगदान पुर्‍याएवापत शर्मालाई सम्मान गर्न लागिएको हो ।

कविता, गीत, र साहित्यमा रुची राख्ने शर्माको पछिल्लो उपन्यास ‘जेब्राक्रस’ लोकप्रिय छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा जन्मनुभएको शर्मा यसअघि विश्वनारी नेपाली साहित्यपदक, तिलाकुमारी साहित्य सम्मान लगायतका थुप्रै सघं संस्थाबाट सम्मानित भइसक्नुभएको छ ।

उनलाई ५० हजार पुरस्कार राशिसहित सम्मान गरिने छ । मन्त्रालयले संस्कृती, संगीत तथा नाट्य, ललितकला र भाषा साहित्य सहितका विद्यामा राष्ट्रिय पुस्कारमा एक/एक जना र प्रादेशिक प्रतिभा पुरस्कार प्रत्येक प्रदेशबाट एक/एक जनालाई सम्मान गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here