भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु

0
77


असार १२ गते  । भारतको दुई राज्यमा चट्याङ परेर १ सय ७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको अधिकारीहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ । भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर १०७ जनाको ज्यान गएको हो । चट्याङ लागेर कैयौँ घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहारको २३ जिल्लामा चट्याङ परेको छ भने उत्तर प्रदेशको पूर्ण विवरण आइनसकेको जनाइएको छ । बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको ज्यान गएको छ भन् मधुबनी र नबादामा आठ–आठ जनाको ज्यान गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here