तागेरा निङवाभू पदर्मागमा फलफुलको विरुवा रोपियो

0
164

दिलकुमार लिम्बू
ताप्लेजुङ,असार ११ गते । लिम्बूहरुको धार्मिक तथा ऐतिहासिक तागेरा निङभु (ओडार) गुफा जाने पदर्मागमा विभिन्न जातका फलफूलको तथा बोटविरुवा रोपिएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ साघँमा अवस्थित तागेरा निङभू गुफा जाने पदर्मागमा कागती,केरा,चिउँरी,तेजपता ,बाँस, सल्ला लगायतका दुई सय बढि बिरुवा वृक्षय रोपण गरेको स्थानीय कुशल फेम्बूले जानकारी दिनुभयो ।

तागेर निङवाफु गुफामा आउँने दर्शनार्थीहरुलाई प्रसादको रुपमा फल फुल प्रदान गर्नको लागि तागेर निङवाफु गुफा जाने बाटोको छेउँ—छेउमा विभिन्न फल फुल रोपेको तागेरा संरक्षण समितिका अध्यक्ष गेदरजुङ ताम्मादेन जानकारी दिनुभयो । तागेरा निङवाफु गुफा एक पुरातात्वीक तथा ऐतिहासीक गुफा हो । परापुर्वकाल देखि नै स्थानीयहरुले पूजा गर्दै आएको भए पनि अहिले सम्ममा गुफाको खोज तथा अनुसन्धान हुन नसकेको फक्ताङलुङ दर्पण पत्रिकाका सम्पादक जितेन चेम्जोले बताउनुभयो । अहिले गुफाको नजिकै मन्दिर निर्माण गरि १६ औं राष्ट्रिय महागुरु फागुन्दको सालिक राखिएको छ । आन्तरिक तथा बाह््रय पर्यटन प्रवद्धधन गर्नको लागि फल फुल रोपेको अध्यक्ष ताम्मादेनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here