गोलाको सिजेमा खोलाले बगाउँदा एक वेपत्ता

0
170

ताप्लेजुङ असार ९ गते । ताप्लेजुङको ओलाङचुङगोलाको सिजेमा खोलाले बगाउँदा एकजना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा फक्ताङलुङ गाउँपालिका( ६ साँघुका ५७ वर्षीय कालुमान लिम्बू छन् । लिम्बु सहित चारजना सोमबार दिउँसो ओलाङचुङगोलाबाट सिजेमा ताल घुम्न हिँडेका थिए । देउमाटार नजिकै फड्को मारेर खोला तर्ने क्रममा चिप्लिएर लिम्बू खोलामा खसेको ओलाङचुङगोलाका तेञ्जिङ वालुङले जानकारी दिए । वेपत्ता लिम्बूको खोजीमा ओलाङचुङगोला सीमा प्रहरी चौकीका प्रहरी, वडा सदस्य टासी शेर्पालगायतको टोली सोमबारैबाट खटिएको छ । तीन दिनदेखि निरन्तर पानी परिरहेको र खोलामा बाढी आएकाले खोज्न समस्या भइरहेको वालुङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here