देशभरबाट कोरोना संक्रमण पछि २२ सय बढि डिस्चार्ज, मृत्यु हुनेको संख्या २४ पुग्यो

0
119

९ असार । नेपालमा कोरोना संक्रमण पछि डिस्चार्ज हुनेको संख्या २ हजार २ सय २४ पुगेको छ। जसमा १ सय ८९ जना महिला र २ हजार ३५ जना पुरुष रहेका छन् ।भने पछिल्लो चौविस घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५ सय ३८ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। देशभरका अस्पतालको आइसोलेशनमा ७ हजार ८ सय ५१ जना उपचाररत छन् । सोमबार दैलेकको दुल्लु नगरपालिका(३ का ४५ वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएसंगै मृतकको संख्या २४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here