ला लिगा: रियाल मड्रिड शिर्ष स्थानमा

0
82

स्पेनिस लिग फुटबलमा रियाल सोसीडाडलाई पराजित गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले सोसीडाडलाई २–१ ले हराएको हो । जिनेदिन जिदानको टोली रियाल मड्रिडलाई विजयी गराउन सर्जियो रामोस र करिम बेन्जमाले एक एक गोल गरे । सोसिडाडका लागि मेरिनोले एक गोल फर्काए । गएरातीको खेलमा गोल गरेसँगै फ्रेन्च स्ट्राइकर बेन्जमा स्पेनिस ला लिगामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here