चीन र युरोपियन युनियनबीच वार्ता हुँदै

0
83


८ असार । चीन र युरोपियन युनियनबीच वार्ता हुँदैछ । लामो समयको तनावपछि दुवै पक्षले सम्बन्ध सुधारका प्रयासहरु थालेका हुन् । गत वर्ष चीनबाट फैलिएको कोरोनाको महामारीबारे चीनले नै भ्रम फैलाएको भन्दै युरोपियन युनियनले आलोचना गरेसँगै दुवै पक्षको सम्बन्धी बिग्रिएको थियो । युरोपेली आयोगका अध्यक्ष, युरोपियन काउन्सिलका अध्यक्ष, युरोपियन युनियनका कार्यकारी अध्यक्षलगायतले चीनका राष्ट्रपति सी चिन फिङलगायत उच्च अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ । चीनसँग सहकार्य गर्न तयार रहेको भन्दै युरोपियन युनियनका अधिकारीहरुले चीनले पनि जिम्मेवारी लिनुपर्ने बताए । चीनले महामारीअघि पनि विभिन्न व्यापारिक साझेदरी सम्बन्धी सम्झौतामा मतभेद रहेको जनाएको छ । यता अमेरिकाले युरोपियन युनियनलाई चीनविरुद्ध कडा अडान लिन दवाव दिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here