६ असार । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्। यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं शनिबार बिहान काठमाडौं उत्रिएका हुन् । नेपाल आउन लागेको कोरिएन एअरलाई नेपाल सरकारले कोरियाबाट समस्यामा परेका आफ्ना नेपाली नागरिकहरु लिएर आउन अनुमति दिएपछि नेपालीहरुले स्वदेश फिर्ता हुने अवसर पाएका हुन्। यो उडानको संयोजन एनआरएनए दक्षिण कोरियाले गरेको थियो । यसअघि एनआरएनए कोरियाले उद्वार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्द भएको थियो ।
नेपालस्थित युनिभर्सल टुर्स एण्ड टिम तथा कोरियास्थित केएमइ कोअपरेटिभ लिमिटेडबीच सम्झौता भएपश्चात शनिबार बिहान (कोरियाको समय) ५ बजे के.इ ९६९५ को विमान नेपाल उडेको एनआरएनए कोरियाले जानकारी दिएको छ ।
कोरोना संक्रमणको कारण उत्पन्न असहज परिस्थितिमा नेपाल जानैपर्ने अवस्थामा कोरयामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेष्ठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो, जसमा जेष्ठ २७ गतेसम्म ९७२ जनाले फारम बुझाएका थिए।