असार ६ गते पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट तीन सय ३१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन्। गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ। योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ। जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना रहेको उनले बताए। कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको गौतमले बताए।