अमेरिकामा फेरि अश्वेत अमेरिकी मारिए, पुन प्रदर्शन सुरु

0
77

असार १ । अमेरिकाको एट्लान्टामा प्रहरीले पक्रन क्रममा चलाएको गोली लागेर अर्का एक अश्वेत अमेरिकी मारिएपछि फेरि प्रदर्शन हुन थालेको छ । प्रहरी ज्यादती र रंगभेद अति नै हुन थालेको भन्दै मानिसहरु सडकमा ओर्लिएका हुन् । प्रहरी यातनामा जर्ज फ्लोइड मारिएपछि शुरु भएको आन्दोलन विश्वभर फैलिएका बेला एट्लान्टामा शुक्रबार अर्का अश्वेत व्यक्ति प्रहरीले हानेको गोली लागेर मारिएका थिए । २७ वर्षीय रेशर्ड ब्रुक्सलाई प्रक्रने क्रममा प्रहरीले गोली हानेको थियो । घटनापछि एट्लान्टाकी प्रहरी प्रमुखले राजीनामा दिएकी थिइन् । आफ्नै कारमा निदाएका एक अफ्रिकन–अमेरिकन प्रहरीको गोली लागेर मारिएपछि उनले राजीनामा दिएकी थिइन् । घटनापछि प्रदर्शनकारीले एट्लान्टा प्रहरी कार्यालयमा आगजनीसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here