आजबाट सरकारी कार्यालय सञ्चालन हुने

0
100

असर १ गते । ८३ दिन देखि बन्द रहेको कार्यालय आजबाट सञ्चालन हुने भएको छ । जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालय दुई सिफ्टमा सञ्चालन गर्न निर्णय गरेको हो । । देश भरका सरकारी कार्यालयहरु बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुनेछन् ।
आजबाट सरकारले गरेको लकडाउन सकिएपछि केही खुकुलो पार्दै सरकारले कोभिड–१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी, बीमा सेवा आजबाट सञ्चालन गर्ने निर्णय गरेको हो । यसरी सञ्चालन हुनेमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय समेत छन् । यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारीसाधन समेत आज बाट सञ्चालन हुन पाउने छ ।
तत्कालका लागि मानिसको बढी भिडभाड हुने र सहभागिता बढी हुने पठनपाठन, अनुमति प्राप्तबाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएकाबाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन भने बन्द नै हुनेछन् ।
सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन तथा ब्युटीपार्लर, स्वीमिङ पुल, सपिङ मल, समूहमा खेलिने खेलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, यात्रुबाहक सवारीसाधन पनि सञ्चालन हुने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here