आयुर्बेदिक जडिबुटको महत्वको प्रचारप्रसार गर्न विभिन्न क्वारेन्टिन चाहर्दै ताप्लेजुङका आयुर्बेद प्रमुख

0
70

ताप्लेजुङ,जेठ ३१ गते । विभिन्न सञ्चर माध्यमबाट रोग प्रतिरोधी क्षमता बढाउने आयुर्बेदिक जडिबुटको महत्वको बारेमा प्रचारप्रसार गदै आएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र कार्यालय अहिले स्वास्थ्य जानकारी तथा जडिबुटी वितरण गर्दै जिल्लाका विभिन्न स्थानिय तहका क्वारेन्टिनमा पुग्न थालेका छन् । हप्तै दिन सम्म क्वारेन्टिनमा रहदा दिक्दारी बनेका साथै क्वारेन्टिन व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई हैसला प्रदान गर्न साथै आयुर्बेदिक जडिबुटीको महत्व,योग,स्वास्थ्य सरसफाई,जडिबुटी औषधी वितरण गर्न थालिएको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र ताप्लेजुङका प्रमुख टेकनाथ अर्यालले जानकारी दिनुभयो । रोग प्रतिरोधात्मक क्षमता बढाउने अस्वगन्धाचूर्ण, मठीमधुचूर्ण, गुडुचीचूर्ण र अमृत चिया वितरण गर्न थालिएको छ । पहिलो चरणमा विभिन्न स्थानिय क्वारेन्टिनमा रहेका र अग्रभागमा खटिएकाहरुलाई रोग प्रतिरोधी क्षमताका यी जडिबुटीजन्य औषधी वितरण प्रथामिकतामा राखिएको समेत प्रमुख अर्यालले जनकारी दिनुभयो । शुक्रवार कार्यालय प्रमुख अर्यालको नेतृत्वमा सिदिङमा गाउँपालिकाका क्वारेन्टिनमा रहेका ९ जना,स्वास्थ्यकर्मी,सुरक्षकर्मी र पालिका अध्याक्ष उपाध्यक्षलाई औषधिजन्य औषधी वितरण गरिएको छ । औषधी वितरणमा प्रमुख अर्याल सहित ताप्लेजुङका स्वास्थ्य प्रमुख राजकुमार पोख्रेल, जिल्ला समन्वय समितका अधिकृत गणेश अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
त्यस अघि फक्तालुङ गाउँपालिकाको क्वारेन्टिनमा रहेका १८ साथै ब्यवस्थापनमा खटिएका सहित ३० जनालाई औषधीजन्य सामग्री वितरण गरिएको थियो । गाउँघरमा प्रयोग गर्ने वा हामीलाई समान्य लाग्ने तुलसी, बेसार,अदुवा,मरिच,लसुन,घोडताप्रे,बोजो मिलाएर सेवान गर्नले पनि मानिसको रोग प्रतिरोधी क्षमतामा वृद्धि सो संग सम्बन्धीत विज्ञहरुले बताउने गरेका छन् ।

यता कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका संयोजक घनेन्द्र मादेनका अनुसार अहिले ताप्लेजुङमा ७० जना क्वारेन्टिनमा रहेका छन् । ताप्लेजुङमा हालसम्म ९० जनाको पिसीआर परीक्षण गरिएको छ । सबैको पिसीआर परिक्षण नेगेटिभ आएको छ । ताप्लेजुङका स्वास्थ्य प्रमुख राजकुमार पोख्रेलका अनुसार ६ सय १३ जनाको आरडीटी विधिवाट स्वास्थ्य परिक्षण गरिएको थियो । जस्मा एक पुरुष र एक महिलामा आरडीटी रिपोर्ट पोजेटिभ आएको थियो । आरडीटीमा पोजेटिभ देखिएका दुबै जनामा पीसीआर परिक्षण
नेगेटिभ आएको प्रमुख पोख्रेलले जनाकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here