बारामा दुईको मृत्युसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

0
101

३१ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।  गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । वीरगञ्जस्थित प्रयोगशालाबाट आज विहान आएको पीसीआर रिपोर्टमा दुबै जनामा कोराना भाइरस पोजेटिभ देखिएको हो । नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन डा मदनकुमार उपाध्यायका अनुसार बारा निजगढ ६ का ५ बर्षीय बालकको शुक्रबार वीरगञ्जस्थित हेल्थकियर सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै गत बुधबार ( २८ जेठ) मा वीरगञ्जको घण्टाघरस्थित चौरमा वेवारिसे अवस्थामा भेटिएको अन्दाजी २५ बर्षीय पुरुषको समेत कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको डा उपाध्यायले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here