कुवेतबाट ३०० महिला श्रमिक फर्किँदै

0
78

२९ जेठ । कुवेतबाट करिब ३ सय महिला श्रमिक आज फर्किने भएका छन् । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो । उनीहरु आमाफी प्रक्रिया सामेल भएकाहरु हुन् । सबै प्रक्रिया टुंग्याएर आज बिहिवार लागि दुई वटा उडान तय भएको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले बताए । बुधबार नै एउटा उडान गर्ने तयारी भएपनि प्रक्रिया नटुंगिएका कारण भोलिबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन् । करिब २९ सय नेपाली कुवेतमा विभिन्न क्याम्पपमा आममाफीको प्रक्रिया पुरा गरेर बसेका छन् । गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू घर फर्किने ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल ९क्वारेन्टाइन०मा पुगेका थिए । कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here