ट्रम्पले चुनावी सभा थाल्ने

राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने बताएका हुन ।

0
52


२९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनका लागि प्रचारप्रसार थाल्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले चार राज्यमा आफ्ना चुनावी सभाहरु आयोजना गर्ने बताएका छन् । गत वर्षको अन्तिमदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको चुनावी सभा पुनः सुचारु गर्ने ट्रम्पले बताएका हुन । कोरोनाका कारण विगत तीन महिना खेर गएको भन्दै राष्ट्रपति ट्रम्पले अब भने चुनावी र्‍याली र सभालाई निरन्तरता दिने बताएका हुन । ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर राष्ट्रपति ट्रम्पले ओकाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीमा चुनावी सभाहरु थाल्ने बताएका हुन । शुक्रबारबाट आफूले र्‍याली थाल्ने उनले बताएका हुन । जारी कोरोनाको महामारी नियन्त्रणका लागि अपनाइने मापदण्डका बारेमा भने उनले केही खुलाएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here