प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ सय ९६ पुग्यो

प्रदेश १ मा संक्रमितको संख्या २ सय ९६ छ ।

0
76

जेठ २८ गते । प्रदेश १ मा बुधवार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । झापा, मोरङ र उदयपुरमा महिलासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ८ जना, झापामा ५ जना र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो । मोरङका संक्रमित रतुवामाई नगरपालिकाका हुन् । झापाको मेचिनगरमा १ जना, कनकाई नगरपालिकामा ३ जना र गौरादहमा १ जना संक्रमण देखिएको हो । संक्रमित सबैको परीक्षण विराटनगरको कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो । प्रदेश १ मा संक्रमितको संख्या २ सय ९६ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here