नायक सविन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘हिरो रिटर्न्स’टीभीमा रिलिज हुने

0
103

जेठ २६ गते ,नायक सविन श्रेष्ठ निर्माता रहेको चलचित्र ‘हिरो रिटर्न्स’ निर्माण भएको केही वर्ष भयो । तर यो चलचित्रलाई हलमा रिलिज गर्न सविनले सकेनन् । यो चलचित्रको प्रदर्शन मिति वैशाखको अन्तिम सातालाई तोकिएको थियो तर लकडाउनका कारण यो चलचित्र निर्धारित समयमा पनि रिलिज हुन सकेन । बारम्बार चलचित्रको प्रदर्शन मिति स्थगित हुँदै गएपछि अब यो चलचित्रको निर्माणपक्षले चलचित्रलाई अन्य प्लेटफर्मबाट रिलिज गर्ने तयारी थालेको छ । आशिष भेटवालको निर्देशनमा तयार भएको यो चलचित्र अब डिस होमबाट रिलिज हुने भएको हो । जेठको ३० गतेबाट यो नयाँ चलचित्र टेलिभिजनमा हेर्न सकिनेछ । यो चलचित्रमा सविन श्रेष्ठ, रेखा थापा र दिल श्रेष्ठको मुख्य भूमिका छ । एक्सन र लभस्टोरी कथामा बनेको चलचित्रमा सविनले ठूलै अपेक्षा गरेका थिए । तर अब यो चलचित्रलाई दर्शकले घरमै बसेर हेर्न पाउने भएका छन् । यसअघि हलमा रिलिज नगरी चलचित्र ‘कोपिला’लाई सिधै डिसहोमबाट रिलिज गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here