कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

0
44

२६ जेठ । कोरोना भाइरसको संक्रमणबाट सोमबार थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका ३ निवासी ५८ बर्षिय पुरुष रहेका छन् । उनको गएराती पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगर्ततको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले बताए । उनलाई आइतबार नै अस्पतालको आइसोलेसनमा राखिएको थियो । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here