चुरोट छाडेको २० मिनेटपछि नै देखिन थाल्छ परिवर्तन

0
58

पछिल्लो समय युवापुस्तामा चुरोट फेशन जस्तै बनेको छ । सामान्य चियापसल देखी सार्वजनिक स्थलसम्म खुलेआम चुरोट सेवन गर्ने युवापुस्ता अहिले पनि प्रशस्त भेटिन्छ । जो चिन्ताको विषय हो । किनभने जो युवा चुरोट सेवन गर्न थाल्छ उसले आफ्नो जीवन त बिगार्छ बिगार्छ साथ साथै परिबार समाज र देशका लागि समेत बोझ बन्न थाल्छ । त्यसैले आज हामी तपाईँलाई आजैबाट चुरोट त्याग्न सल्लाह दिदै १० बर्षसम्म के कस्ता अवस्था फेस गर्नुपर्छ भनेर जानकारी समेत दिनेछौँ ।चुरोट छाडेको २० मिनेट पछि स् चुरोट खाँदा जसरी मुटुको चाल तथा रक्तचाप बढ्ने गर्छ खान छाडेको २० मिनेट पछि नै मुटुको चाल तथा रक्तचाप सामान्य अवस्थामा आउछ । यो संगै शरीरका अन्य सिस्टममा समेत आफसे आफ ठिक भएर जान्छ ।

२ घण्टा पछि स् चुरोट खान छाडेको दुई घण्टा पछि शरीरले निकोटिनको खोजी गर्न थाल्छ । यस्तो अवस्थामा आलस्य हुने , तनाव हुने , निन्द्रा लाग्ने तथा के खाउ के खाउ अथवा भोक लाग्ने जस्ता समस्या हुन सक्छ ।

१२ घण्टा पछि स् चुरोट छोडेको १२ घण्टा पछि शरीरमा कार्वन मोनोअक्साइडको लेभल विस्तारै कम हुँदै जान्छ । यसले रगतमा अक्सिजनको लेभल सामान्य अवस्थामा ल्याउन मद्धत गर्छ र शरीरको क्रियाकलाप समेत ठिक हुन्छ ।

२४ घण्टा पछि स् चुरोट छोडेको २४ घण्टा पछि शरीरमा निकोटिनको मात्रा कम हुन थाल्छ । यसले हृदयघातको सम्भावना केही कम हुन्छ ।

४८ घण्टा पछि स् चुरोट छाडेको ४८ घण्टा पछि शरीरको ब्रोन्कियल ट्युवको आमार मिल्न थाल्छ । यसले शरीरमा इनर्जी लेभल बढाउन मद्धत मिल्छ ।

३ दिन पछि स् चुरोट छोडेको तीन दिन पछि शरीरबाट निकोटिन पूर्णरुपमा बाहिरिन्छ । यस अवधीमा टाउको दुख्ने, छटपटी लाग्ने, पसिना आउने तथा तनाव हुने जस्ता समस्या हुन्छन् । यो अवधीमा पुर्न चुरोटको लतमा फर्किन समेत मन लाग्छ । त्यसैले एकदमै आत्मबल दह्रो बनाउन जरुरी छ ।

२ हप्ता पछि स् चुरोट छाडेको दुई हप्ता पछि शरीरमा रक्तसञ्चार प्रक्रिया समान्य हुन थाल्छ । शरीरबाट ९० प्रतिशतसम्म निकोटिन बाहिर निस्किसकेको हुन्छ । र फोक्सोले समेत सही तरिकाबाट काम गर्न थाल्छ ।

९ महिना पछि स् चुरोट छोडेको नौ महिना पछि फोक्सोमा रहेको सारा विकारका बस्तुहरु बाहिर निस्कन्छ । जसले गर्दा स्वासप्रस्वासमा समेत कुनै किसिमको समस्या हुदैन् ।

१ बर्ष पछि स् चुरोट छाडेको एक बर्ष पछि मुटुजन्य रोग लाग्ने समस्या ५० प्रतिशतले कमि भएर जान्छ ।

५ बर्ष पछि स् चुरोट छाडेको ५ बर्षपछि मुटु र फोक्सो चुरोट नखाने व्यक्तिको जस्तै नर्मल अवस्था आउछ । यसले मुटु तथा क्यान्सर रोगको सम्भावना पनि कम हुन्छ ।

१० बर्ष पछि स् चुरोट छाडेको १० बर्ष पछि मुखको क्यान्सर, जिब्रोको क्यान्सर, घाटीको क्यान्सर, फोक्सोको क्यान्सर, मिर्गौला क्यान्सर, पेन्क्रियाटिक क्यान्सर जस्ता गम्भीर रोग लाग्ने सम्भावना एकदमै हटेर जान्छ । जसले गर्दा तपाईँको उमेर थप १० बर्ष बढ्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here