नेपालमा कोरोना संक्रमितको संख्या २९ सय बढि, ११ को मृत्यु

0
120


काठमाडौँ,२३ जेठ । नेपालमा पछिल्लो चौविस घण्टामा २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा विकास देवकोटाले २ सय ७८ जना विभिन्न जिल्लाका रहेको बताउनुभयो । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बुधबार राति मृत्यु भएका सुर्खेतका २८ वर्षे युवामा कोरोना ‘पोजिटिभ’ देखिएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको पुष्टि भएको उहाले जानकारी दिनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here