भारतबाट फर्किएका ५१ जना ताप्लेजुङ आइपुगे

0
55

ताप्लेजुङ,जेठ २३ गते । भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि गएका ताप्लेजुङका ५१ जना गृह जिल्ला आईपुगेका छन् । विभिन्न नाका हुँदै सुनसरी पुगेका उनिहरु आज शुक्रबार दुई वटा बसमा सदरमुकाम फुङलिङमा आईपुगेका हुन् । जिल्ला आइपुगेका उनिहरुलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका स्थित क्वारेन्टिनमा राखिएको थियो । उनिहरुको पिसिआर रिपोर्ट नेगेटिभ देखिए पछि गृहजिल्ला पठाईएको थियो । उनिहरुलाई ताप्लेजुङ प्रवेश अघि पाँचथर ताप्लेजुङको सिमाना काबेली स्थित हेल्थ डेक्समा स्वास्थ्य परिक्षण गरिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।
सदरमुकाम आईपुगे पछि उनिहरु सबै जना आ–आफ्नो गाउँ तर्फ गएका छन् । गाउँ र्फकिएकाहरुलाई गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा वा नभए घरैमा सुरक्षित बस्न आग्रह गरिएको समेत प्रमुख निरौलाले बताउनुभयो । फर्किएका ५१ मध्ये सबै भन्दा बढि फक्ताङलुङ गाउँपालिकाका छन् । फक्ताङलुङ गाउँपालिकाका १८ जना, मिक्वाखोला गाउँपालिकाका १२ जना, सिरिजंघा गाउँपालिकाका १० जना,फुङलिङ नगरपालिकाका ८ जना आठराई त्रिवेणीका २ जना र पाथीभरा याङवरकका १ जना छन् । यस अघि भारतबाटै फर्किएका मेरिङदेन गाउँपालिकाका ११ जनालाई लिङतेपको क्वारेन्टिनमा राखिएको गाउँपालिका अध्यक्ष गणेश चोङबाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here