ताप्लेजुङमा लडेर एकको ज्यान गयो

0
82

ताप्लेजुङ,जेठ २३ गते । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोक निवासी एक महिलाको लडेर ज्यान गएको छ । स्थानिय ३५ वर्षिय खड्कीमाया भट्टराईको लडेर ज्यान गएको हो । भट्टराईको निघुरे भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता विष्णुबहादुर खड्काले जानकारी दिनुभयो । बिहिवार घाँस काट्न गएको भट्टराई घर नर्फकिएपछि खोजतलास गर्दा दिउँसो मृत अवस्थामा फेला परेका थियो । भट्टराईको शव पोस्टमार्टम पछि दाहसंस्कारका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here