निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भाेलि देखि वर्षा हुने

0
31


जेठ २१ । अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भाेलि (बिहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् । चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष प्रभावले नेपालमा पनि वर्षा र हिमपात हुन सक्ने मौसमविद् बासीले बताउनुभयो । नेपालमा भोलि मध्यम खालको वर्षा हुने र शुक्रबार र शनिबार ठूलो पानी पर्ने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिम प्रदेश र प्रदेश १ को पहाडी भूभागमा सामान्य बादल लागेको र अरु ठाउँको मौसम सफा रहेको उहाँले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here