ताप्लेजुङमा अख्तियारको टोलीले घुस सहित समात्यो,दुई सहायक वन अधिकृत

0
160

ताप्लेजुङ,जेठ २१ गते । ताप्लेजुङमा पहिलो पटक अख्तियार टोलीले घुस सहित दुई कर्मचारीलाई पक्राउ गरेको छ । मंगलबार डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत मंगलबार बेलुका घुस सहित रंगेहात पक्राउ परेका हुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक–एक लाख रुपैयाँ घूससहित पक्राउ गरेको हो ।

उनीहरुले जडिबुटी सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक÷पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो । सोही सूचनाका आधारमा अख्तियारको ईटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक÷एक लाख घूस लिँदैगर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्र बहादुर बुढाले जानकारी दिनुभयो । रात ि११ वजे ताप्लेुङबाट उनिहरुलाई लगिउको थियो । ‘हाम्रो टोलीले घुस सहित बेलुका दुई सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएर ईटहरी ल्याउँदै छ ।’ उहाले भने ‘नियन्त्रणमा लिएका दुवैजनालाई थप अनुशन्धानका लागि काठमाण्डौँ पठाउँछौँ ।’ सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमै रकम लेनदेन भएको बताईएको छ ।े

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here