प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ सय ५० बढि

0
89

जेठ १७ गते । प्रदेश १ मा संक्रमितको संख्या १ सय ५८ पुगेको छ । शुक्रबार झापाका थप २८ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा १४ जिल्लामध्ये ८ जिल्लामा संक्रमण देखिएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा झापाको केचनाकवलका २७ र भद्रपुरका एकजनामा संक्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । यसअघि बिहीबार झापा कचनाकवलकै २५ जनामा संक्रमण पुष्टि भएको थियो । प्रदेश १ को सबैभन्दा बढी संक्रमण झापामा देखिएको छ । त्यहा“ शुक्रबार सा“झसम्म संक्रमितको संख्या १ सय ७ पुगेको छ । उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३ र भोजपुर, खोटाङ र सोलुखुम्बुमा एक–एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३० जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here