कांग्रेसको कार्यसमिति बैठक

0
25

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासम्बन्धी संविधान संशोधनका विषयमा छलफल र निर्णय हुने शर्माले बताए ।

कांग्रेसले संविधान संशोधनमा आधिकारिक धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक बोलाएको हो । कांग्रेसले संविधान संशोधनलाई सहयोग गर्ने सकारात्मक सन्देश यसअघि दिइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here