नेपालमा कोरोनाबाट ६ को मृत्यु,संक्रमित संख्या १२ सय बढि

0
148

जेठ १६ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ६ पुगेको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले मृत्यु हुनेको संख्या ६ पुगेको जनाएको हो ।भारतबाट फर्किँदै गर्दा मृत्यु भएका भूमिस्थान अर्घाखाँचीका ३५ वर्षीय युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का एक युवकको यही जेठ १० गते भारतबाट फर्किने क्रममा बाटोमै मृत्यु भएको थियो ।

यता शुक्रवार ५२ जिल्लामा १ सय ७० जना नयाँ कोरोना संक्रमित पुष्टी भएसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here