ताप्लेजुङमा ट्रक दुर्घटना, चालकको मृत्यु

दुर्घटनामा झापाको बाह्दसी गाउँपालिका ६ डाँगीवारिका चालक ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

0
178

जेठ १६ गते । ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्य तमोर जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आयोजनास्थल तर्फ आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक फुङलिङ नगरपालिका ९ हाङ्देवा कटहरेमा दुर्घटना भएको हो । दुर्घटनामा झापाको बाह्दसी गाउँपालिका ६ डाँगीवारिका चालक ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी सख्त घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । ट्रक सडकदेखि करिब ५० मिटर तल खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here