राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका अधिकारी सहित ६ जना पुरस्कृत

0
144


पाथीभरा पोष्ट,जेठ १४ गते । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारी सहित ६ जना पुरस्कृत भएका छन् । देशका विभिन्न क्षेत्रका सञ्चार संस्थानमा काम गरिरहेका ६ जनालाई छनोट गरिएको मन्त्रालयको विज्ञाप्तीमा उल्लेख छ । ताप्लेजुङवाट प्रकाशित हुने उज्यालो पोष्ट दैनिकका कार्यकारी सम्पादक अधिकारी नागरिक दैनिक तथा जिल्लामा झण्डौ दुई दशक देखि विभिन्न सञ्चार तथा समाज सेवामा आवद्ध हुनुहन्छ ।

मंगलबार मन्त्रालयले छनोट गरेका अन्य पत्रकाहरुमा रेडियो नेपालका रत्ना कुमारी चौधरी, सिआइएनका गिता चिमोरीया, अन्नपूर्ण पोष्ट दैनिकका गंगा खड्का,एसडिजी स्टुडियोका निरोज न्यौपाने र हिमाल मिडियाका शुष्मा बराइली रहेका छन् । पुरस्कृत पत्रकाहरुलाई नगद ५० हजार सहित पत्रमाणपत्र रहेको छ । मन्त्रालयले असोज ७ गते पुरस्कारका लागि आवेदन खुलाएकामा नपरेपछि पुन असोज २८ गते दोस्रो पटक आवेदन खुलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here