ताप्लेजुङ संञ्चारकर्मी कोरोना विरुद्ध उच्च सतर्कता अपनाउँदै

0
99


दिलकुमार लिम्बू

जेष्ठ १३ । दिन प्रतिदिन कोरोना भाइरसको संक्रमण बढिरहेको समयामा पत्रकारलाई समेत कोरोना पोजिडिभ देखिन थालेकोले ताप्लेजुङ जिल्लामा क्रियासशिल पत्रकार उच्च सचेतता अपानउँन थालेका छन्
पत्रकार महासंघ ताप्लेजुङको पहल र जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङको सहयोगमा सोमबार ताप्लेजुङ जिल्ला अस्पतालमा २१ जना संञ्चार कर्मीको आरडीटी परिक्षण र ९ जना सञ्चारकर्मीले पिसिआर परिक्षण गरेका छन् । त्यस्तै प्रेस संगठन नेपाल ताप्लेजुङ शाखाले ताप्लेजुङमारहेका सञ्चारकर्मीका लागि मंगलबार देखि कोरोना बीमा गरिदिने भएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङमा आबद्ध भई क्रियाशिल रहेका तथा ताप्लेजुङस्थित बिभिन्न सञ्चार माध्यममा क्रियाशिल ५० जनाको पत्रकारको एक वर्ष कारार अवधीको एक लाख रुपैयाँ बराबरको कोरोना बीमा गरिदिने पत्रकार महासंघ ताप्लेजुङको कार्यबाहक अध्यक्ष चन्द्र पन्दक (प्रयास) लिम्बूले जानकारी दिनुभयो । यस अघी पत्रकार महासंघको पहलमा आवश्यक स्वस्थ्य सामाग्री साथै प्रेस ज्याकेट समेत वितरण भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here