वर्षैदेखि बाँझिएका जमिन हराभरा हुदै

0
213

प्रिशा बस्नेत
ताप्लेजुङ,जेठ १२ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका दुर्गा बस्नेतको खेत ३ वर्षदेखि बाझिएको थियो । जनशत्ति अभावका कारणले करिव दुई सय रोपनी जमिनमा खेती हुन सकेको थिएन । अहिले त्यो बाँझीएको खेतमा मकै,केरा र कागतिले भरिएको छ ।
सोही गाउँपालिकाका देव कुमार बस्नेतले पनि बाँझो रहेका खेत भरेका छन् । उनको बारीमा विभिन्न किसिमको बाली लगाएका छन । गाउँघरमा काम गर्ने जनशक्ति अभावले गर्दा खेतबारी बाँझो थियो । अहिले विश्वमा फैलिएको कोरोना संक्रमणका कारण देश नै बन्दाबन्दी भएपछि विभिन्न पेशा ब्यवसाय तथा अध्ययन गर्न सहर पसेका युवाहरु गाउँघर फर्किए संगै बाँझो रहेको खेतबारी हराबरा भएका छन् ।
गाउँपालिकाका अधिंकाश किसानहरु वर्षैदेखि बाँझिएर्को खेतबारीमा बालि लगाउने मौका मिलेके बताउन्छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिन देशव्यापी रूपमा गरिएको लकडाउनका कारण शहरमा रहेको युवाहरू गाउँ फर्केका छन । गाउँघर र्फकेका युवापनि परिवासंग बसेर समय विताउन तथा खे ितगर्न पाएमा खुशी लागेको बताउने गरेका छन् ।
विश्वब्यापी रूपमै फैलिरहेको कोरोना भाइरसको सामना गरिरहेका हामी किसानले भोलिका दिनमा भोक भोकै मर्नपर्ने अवस्था सिर्जना नआओस् भन्नाले पनि खेती गर्ने सुरु गरेको बेसीगाउँका किसान टंक थापा बताउछन् ।
नेपाल सरकारले लगाएको लकडाउनले गर्दा जिल्ला बहिर जान नपाइने भएपछि किसानलाई खेती गर्न सहज भएको छ । यसो गर्दा आफुहरुले पनि बजारबाट किन्न नपर्ने र बाँझिएको जमिनको पनि पुनः सदुपयोग हुने भएकाले लागि परेको किसानहरु बताउन्छन् । अधिकांश किसानले लकडाउनको नियमलाइ पालना गदै खेति लगाइरहेको बताउने गरेका छन् ।S

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here