झगडा मिलाएर फर्कदै गरेका ताप्लेजुङको खेवाङ प्रहरी चौकीका ईञ्चार्जको बाटोमै मृत्यु

खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक बालकुमार राईको मृत्यु भएको छ ।

0
218

पाथीभरा पोष्ट, जेठ ८ गते । झगडा मिलाएर फर्कदै गरेका ताप्लेजुङको सिरिजंगा गाउँपालका वडा नं ७ खेवाङ प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक बालकुमार राईको मृत्यु भएको छ । सिदिङवा गाउँपालिका ७ सुरुमखिमको बुरुमखिम भन्ने स्थानमा झगडा मिलाएर फर्कदै गरेका राई तावाखोला नजिकै आई पुगेपछि अचानक बिरामी परेपछि मूत्यु भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो । राईसंगै अन्य प्रहरी लगायतको टोली पनि रहेको प्रजिअ निरौलाले बताउनुभयो । भोजपुरको लेखखर्क घर भई अहिले झापाको दमकमा बस्दै आउनुभएको ४२ वर्षिय राई महिना दिन अघिमात्र प्रहरी इञ्चार्ज भएर खेवाङ पुगेका थिए । घटना सुन्नसाथ सदरमुकाम फुङलिङबाट ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ गएको छ । घटनास्थल सदरमुकाम देखि ७÷८ घण्टा लाग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here