प्रदेश १ मा थप ११ जनामा कोरोना सङ्क्रमण

प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

0
109


६ जेष्ठ  । प्रदेश १ मा म‌ंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । योसँगै । झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ भने सुनसरीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ प्रदेश १ मा संक्रमितको संख्या ५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here