पाथीभरा पोष्ट, जेठ ५ गते । तिब्बत सरकारले ताप्लेजुङका लागि स्वास्थ्य सामग्री सहयोग गर्ने भएपछि सोमबार जिल्लाका टोली सिमाना तर्फ प्रस्थान गरेका छन् । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी केशस खतिवडाको नेतृत्वमा टोलीले सीमा नाका टिपताला भञ्ज्याङबा सामग्री बुझने गएको हो । तिब्वले ताप्लेजुङ जिल्ला बासिका लागि पीपीइ), आरडीटी किट, थर्म गन, एक(९५ मास्क लगायतका सामग्री सहयोग गर्ने भएको हो । १ हजार १ सय थान पीपीइ, १ सय थान थर्मगन, १ लाख १० हजार थान सर्जिकल मास्क, १ हजार २ सय थान एन(९५ मास्क र सेनीटाइजर दिने भएको हो । त्यस्र्तै यापीड डाइग्नोष्टिक किटसहित स्वाब संकलन गर्ने भाइल सहितका सामग्री रहेको जिल्ला कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले संयोजक तथा जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेनले जानकारी दिनुभयो । सामग्री बुझनका लागि सहायक प्रमुख जिल्ला अधिकारी खतिवडा सहित जिल्ला समन्वय समितिका शाखा अधिकृत गणेश अधिकारी, फक्तालङ गाउँपालिकाका प्रतिनिधि,सुरक्षाकर्मी, पत्रकार सहितको टोली तीब्बत सरकारका प्रतिनिधिले सीमा नाका टिपताला भञ्ज्याङसम्म उक्त सामग्रीहरु ल्याउने छ ।

यसअघि पनि तिब्बतले सीमावर्ती क्षेत्र फक्ताङ्लुङ गाउँपालिकाका ७ ओलाङचुङगोलाका स्थानियबासीलाई खाद्यान्न र पीपीई दिएको थियो । तिपताला ५ हजार २ सय मिटर उचाईको नेपाल(तिब्बत सीमा नाका हो ।