जेठ ५ गते । नेपालमा थप नौजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाण्डूमा गरिएको परीक्षणमा थप नौजनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ३०४ पुगेको छ। सोमबार बिहान अद्यावधिक गरिएको तथ्याङ्कका अनुसार सङ्रक्रमित मध्य आठजना रौतहटका हुन।

ती मध्य सातजना पुरुष र एकजना महिला छन्। बाराका एकजना ३८ वर्षीय पुरूष पनि सङ्क्रमित भएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यसअघि आइतवार पनि रौतहटमा १० जना नयाँ सङ्क्रमित फेला परेका थिए। मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित रौतहट ईशनाथ नगरकालिकाका सातजना र माधवनारायण नगरपालिकाका एकजना र बारा करैयामाइका एकजना छन्।