अमेरिकन आइडलको उपविजेता दिवेश बने

दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो

0
80


जेठ ५ । अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन्। दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् । कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए। काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here