पाथीभरा पोष्ट,जेठ २ गते । तमोर नदीले बगाएर ताप्लेजुङमा एक किशोरको ज्यान गएको छ । शुक्रबार दिउँसो फुङलिङ नगरपालिका–३ सिकारी डाँडाका १६ वर्षीय किशोर रोशन न्यौपानेलाई नदीले बहगाउदा ज्यान गएको हो । साथीसंग पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो । न्यौपानेको शव पोष्टमाटमका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इनिस्पेक्ट विष्णु खाड्काले जानकारी दिनुभयो ।
दुखको कुरा